Logo

रानीपोखरीको नयाँ प्रवेशद्वार बन्दै



काठमाडौं, पुस १२ । रानीपोखरी र सो क्षेत्रमा निर्माण भइरहेका मल्लकालीन फाल्चालगायतका संरचनाको काम अन्तिम चरणमा पुगेको छ । अहिले सो क्षेत्रमा गोलघरसहितको फाल्चा, जमलमा रहेको आकाशेपुलसँगै रानीपोखरीको नयाँ प्रवेशद्वार, टिकट काउन्टरलगायतका संरचना निर्माण भइरहेका छन् ।

रानीपोखरी र गोपालेश्वर मन्दिर सर्वसाधारणका लागि हरेक दिन खोल्न प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेको छ । आवश्वयक पूर्वाधार निर्माण भइसकेपछि सर्वसाधारणका लागि रानीपोखरी खुला गरिनेछ । रानीपोखरीको प्रवेशद्वार काठमाडौँको परम्परागत घर र पाटीको शैलीमा निर्माण गरिँदैछ ।

अहिले रानीपोखरी प्रवेशका लागि जमलमा रहेको आकाशेपुलसँगै प्रवेशद्वारका साथै फाल्चा निर्माण कार्य भइरहेको छ । यस्तै शान्तिवाटिका क्षेत्रमा गणेशमान सिंहको सालिकसँगै गोलघरसहितका फाल्चाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले रानीपोखरी आसपासको निर्माण मल्लकालीन शैलीमा भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्