Logo

तालिवानद्वारा काबुलमा करिब १०० आपराधिक संदिग्धलाई पक्राउ



काबुल [अफगानिस्तान], १२ पुस: तालिवानले काबुलमा गत हप्तामा लगभग १०० आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ।

काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न रहेको, शंकास्पद रहेको र उनीहरूका कागजातहरू अनुसन्धानका लागि सम्बन्धित न्यायिक कार्यालयमा पठाइएको बताएका छन् ।

तिनीहरूका कागजातहरू न्यायिक विभागहरूमा पठाइएको छ र हामी काबुलका बासिन्दाहरूलाई आश्वासन दिन्छौं कि इस्लामिक इमिरेट्स सेनाहरू बासिन्दाहरूलाई सुरक्षा प्रदान गर्न २४ सै घण्टा काम गरिरहेका छन्,” जनरल मोबिनले भने।

यसैबीच, सैन्य विज्ञहरूले देशमा गरिबी र भोकमरी बढ्दै जाँदा आपराधिक मुद्दाहरूको संख्या बढ्ने बताएको टोलो न्युजले रिपोर्ट गरेको छ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्