काठमाडौं, १२ पौष । चर्चित टेलिभिजन प्रस्तोता रमा सिंहले सामाजिक सञ्जालमार्फत् लड्ने र भिड्ने कुरा गरेकी छिन् । उनले आफू क्षेत्रीको छोरी भएकाले लड्न र भिड्न आउने लेखेकी छिन् ।
सिंहले आफूलाई कसैले धम्क्याएको लेखेकी छिन् । उनले धम्क्याउनेको नाम उल्लेख गरेकी छैनन् । टेलिफोन रेकर्ड गर्न बिर्सेको भन्दै धम्क्याउनेबारे स्पष्ट खुलाएकी छैनन् ।
आफूसँग राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल मैदानमा भिडेको इतिहास रहेको भनेकी छिन् ।
पछिल्लो समय राप्रपाको चुनावी परिणामलाई लिएर रमा सिंहको कडा फेसबुक पोष्ट आइरहेको छ । उनले कमल थापाको चर्को विरोध गर्दै आएकी छिन् । सिंह राजावादी हुन् । उनी विदेशमा छिन् ।
सिंहले फेसबुकमा लेखेकी छिन्ः
म पनि कसैको दास होइन ।।
लेखेकै भरमा कसैले धम्काउछ र तर्साउछ भने
क्षेत्रीको छोरी हुं लड्न र भिड्न मलाई पनि आउछ ….
राष्ट्रिय / अन्तराष्ट्रीय फुटबल मैदानमा भिडेको इतिहास मेरो पनि छ…..
( टेलिफोन रेकर्ड गर्न भने बिर्सेछु नत्र प्रमाण म संग पनि हुन्थियो )