काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको आईसीसी एकेडेमीमा भइरहेको खेलमा कुवेतले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
समूह बीमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज नेपालले पहिलो जित निकाल्दै सान्त्वना जित निकाल्न चाहन्छ ।