Logo

सलमानलाई सर्पले टोकेपछि रविनाले दिइन् यस्तो प्रतिक्रियाः ‘सर्प मरेको हुनुपर्छ’



एजेन्सी, १३ पुस । दिग्गज अभिनेता सलमान खानले सोमबार आफ्नो ५६ औं जन्मदिन साथीहरूसँग मनाएका छन्। योसँगै धेरै बलिउड स्टार र फ्यानसहित साथीभाइले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । जन्मदिनको एक दिन अगाडि सलमान खान एक दर्दनाक घटनाको सिकार भएका छन् । उनलाई सर्पले टोकेको थियो । यो खबर आउनेबित्तिकै फ्यानसहित धेरै फिल्म स्टारले सलमान खानको स्वास्थ्यमा चिन्ता व्यक्त गरिहरेका छन् ।

यद्यपि, सलमान खान अहिले पूर्णरुपमा ठिक छन् । यसैबीच, बलिउडमा उनका धेरै साथीहरूले सर्पले टोकेको घटनालाई लिएर आफ्नै शैलीमा प्रतिक्रिया दिइरहेका छन्। बलिउड अभिनेत्री रविना टण्डनले पनि सलमान खानसँगको यो घटनालाई लिएर हास्यास्पद प्रतिक्रिया दिएकी छिन् । सोमबार उनले सामाजिक सञ्जालमार्फत दिग्गज अभिनेतालाई उनको ५६औं जन्मदिनको शुभकामना दिएकी छिन् । यस अवसरमा रविना टण्डनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सलमान खानसँगको तस्बिर सेयर गरेकी छिन् ।

सलमान खान र रविना टण्डनका यी सबै तस्विरहरू विभिन्न कार्यक्रमका हुन् । यी तस्विरहरु शेयर गर्दै अभिनेत्रीले उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । रविना टण्डनले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे मेरो पहिलो हिरो सलमान खान, तिमी सधैं मेरो लागि विशेष हुनेछौ। माया र रमाइलो संग अझै धेरै वर्ष मनाउनु । तिमी धन्य छौ (सर्प मरेको हुनुपर्छ)।’

यो क्याप्शनसँगै टण्डनले चुम्बन गर्ने इमोजी पनि सेयर गरेकी छिन् । टण्डन र खानका यी तस्विरहरु सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेका छन् । अभिनेत्री र सलमान खानका फ्यानहरुले तस्विरलाई निकै रुचाएका छन् ।

सलमानलाई पनवेल नजिकै रहेको उनको फार्महाउसमा सर्पले टोकेको थियो । उनलाई तुरुन्तै नवी मुम्बईको कामोथेको अस्पतालमा लगियो र आइतबार बिहान डिस्चार्ज गरियो। अस्पतालको बेडमा लडिरहेका सलमान खानको तस्विर पनि भाइरल भएको थियो । यसपछि सलमान खानले राति अबेरसम्म मिडियासँग कुरा गरे । यस क्रममा उनले आफूमाथि भएको दर्दनाक घटनाबारे विस्तृतमा बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्