काठमाडौं, १४ पुस । आज विहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाको वासपासमा रहेका डाँडाहरुमा हिमपात भएको छ ।
नगरकोट, फुल्चोकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ ।
त्यस्तै, आज दोलखाको कालिन्चोक, मकवानपुरको दामन, नुवाकोटको ककनीमा पनि हिउ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात हुने जनाएको छ ।