काठमाडौं, पुस १५। मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे । पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ ।
युलेन्स स्कुलमा स्व प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् । नेपाल समाचारपत्र दैनिकमा खवर छ ।