मनाङ, १५ पुस । मनाङमा एक पुरुष सम्पर्कविहीन भएका छन् । नासो गाउँपालिका–४ का आच्यो गुरुङ भेँडीगोठबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएका हुन् । गुरुङसँगै ३ जना गाउँमाथिको लुमु्रचोकस्थित गोठमा गएका थिए ।
घर फर्कने क्रममा गुरुङ दिउँसो १ बजे फेम्रो जंगलबाट सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । उनीसँग गएका दुई जना भने सम्पर्कमा आएका छन् ।
मनाङमा निरन्तर हिउ परिरहेको हुनाले हिमपहिरोमा गुरुङ परेको प्रहरीले आंशका गरेको छ ।