काठमाडौं, १६पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै शुक्रबार अभियानका संयोजक स्वागत नेपालको नेतृत्वमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरिएको हो । नेपालको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई आज उजुरी पत्र बुझाएको हो ।
https://www.facebook.com/ReportersNepal/videos/387168753165885