काठमाडौं, १८ पुस । वार्षिक रुपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सर्वाधिक तलब सुविधा प्राप्त गरेका छन् । शेरचनले तलव, भत्ता तथा अन्य सुविधा बापत ३ करोड ५३ लाख रुपैयाँ बुझेका हुन् ।
उनी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै तलब भत्ता बुझ्नेमा रहेका छन् । शेरचनले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्दा पनि धेरै रकम प्राप्त गरेका छन् । शाहले २ करोड ४५ लाख रुपैयाँ बुझेका थिए ।
शेरचनले तलब भत्ता २ करोड ७४ लाख, कर्मचारी बोनस ४१ लाख ६५ हजार र बिदा बापत ३७ लाख ३६ हजार बुझेका छन् ।