Logo

५० लाख रूपैयाँसहित सौर्य एयरलाइन्सकी महिला कर्मचारी पक्राउ



काठमाडौं, पुस १८। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाख रूपैयाँसहित सौर्य एयरलाइन्सकी एकजना महिला कर्मचारी पक्राउ परेकी छन् । काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत ति महिलालाई प्रहरीले विमानस्थलको आन्तरिक टर्मिनलतर्फको कन्वेयरबेल्ट भएको स्थानबाट आज विहान पक्राउ गरेको हो ।

सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको उक्त रकम लिन महिला कर्मचारी आफै पुगेकी थिइन् । प्रहरीका अनुसार एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटसहित महिला कर्मचारीलाई पक्राउ गरिएको हो । रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्