Logo

मन्त्री दीर्घ सोडारीका छोरा पक्राऊ



धनगढी, १९ पौष । सवारी ज्यानमा एकजना मन्त्रीका छोरालाई जोगाउन खोजेको खुलासा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीका छोरालाई जोगाउन खोजेको खुलेको हो ।

२३ वर्षीय बबी सोडारीले २ पौषमा चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्कले ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उनको उपचारका क्रममा ११ पौषमा मृत्यु भयो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेका उनी वृद्धाको मृत्युपछि फरार थिए ।

बबी सोडारीलाई आइतबार साँझ कैलाली प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्