काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका–६ फैंकस्थित एक घरमा युवक–युवतीको शव फेला परेको छ ।
संखुवासभा घर भई फैंक बस्दै आएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् । उनीहरू केही लिभिङ टुगेदर बसेका थिए। युसुनाको हत्या धारिलो हतियारबाट भएको अनुसन्धानबाट खुलेको छ ।
युसुनाको शव छेउमै अनिस वेहोस अवस्थामा भेटिएका थिए । उनको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा मृत्यु भएको हो । घटनास्थलबाट प्रहरीले हतियारसमेत फेला पारेको छ ।
युवकले युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाईएको छ । घटनाबारे थप अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।