काठमाडौं, २७ पुुस । त्रिभुवन विमान स्थल कार्यालयले बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै भिजिटर पास वितरण बन्द गरेको छ । अति नै आवश्यक अवस्थामा बाहेक भी पास उपलब्ध नहुने विमानस्थलले जनाएको छ ।
यसको साथै विमानस्थलले आफन्तको विदाइ र स्वागतका लागि विमानस्थल नआउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र भिडभाड नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।