Logo

एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत चयन



म्याग्दी, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत रुपमा चयन भएका छन् । बेनीमा सम्पन्न नवौँ अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

बेनीमा सम्पन्न अधिवेशनबाट जिसस प्रमुख समेत रहेका केसीको नेतृत्वमा सर्वसम्मत ९० सदस्यीय कार्यसमिति चयन भएको छ । केसी साविक एमाले म्याग्दीको उपाध्यक्ष र २०५४ सालमा भगवती गाविसको अध्यक्ष समेत बनेका थिए ।

जिल्ला कमिटीको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, उपसचिवमा थमसरा पुन र राजकुमार सर्वसम्मत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्