काठमाडौं, २८ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष पुष २६ गते एक जना पत्रकारलाई वर्षेनी पुरस्कृत गर्दै आएको स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति दिवसमा यस वर्ष भने पुरस्कृत गरिएन ।
यस वर्षका लागि पनि महासंघ शाखा सप्तरीले उक्त पुरस्कार छनौटका लागि तीन सदस्यीय छनौट समिति गठन गर्दै इच्छुक पत्रकारहरुलाई नियम कानुन बमोजिम पुरस्कारका निम्ती आवेदन गर्न समेत सार्वजनिक आह्वान गरेको थियो । केही आवेदकहरुले आवेदन पनि दिएका थिए ।
यस शाखाको इतिहास मै सम्भतः पहिलो पटक आवेदन लिएर पनि कसैलाई पुरस्कृत नगरिएको आवदेन दिएका पत्रकारहरुले जनाएका छन् । स्वर्गीय लोकेन्द्रको स्मृति दिवस त मनाईयो, पुरस्कार बाँडिएन् । कसैको आवेदनमा पनि प्रक्रियागत पुर्णता नरहेको भन्दै महासंघले घुमाउरो पारामा आवेदकहरुलाई अयोग्य नै घोषणा गरिदिएको समेत पत्रकारहरुले आरोप लगाएका छन् ।
वर्षौदेखि यस शाखामार्फत वितरण हुँदै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार सम्बन्धी हालसम्म कुनै ऐन, कानुन, विनिमय र बिधान केही पनि रहेको छैन् । शुरुदेखि नै चलन चलती र एउटा प्रचलनको आधारमा वर्षैनी सप्तरी कार्य क्षेत्र वनाएर पत्रकारिता गर्ने एक जनालाई पुरस्कृत गर्ने कार्यलाई महासंघले निर्विवाद रुपमा निरन्तरता दिँदै आएको हो । यद्यपि, वर्षौ पुरानो परम्परालाई तोडिनुको औचित्यबारे पत्रकारहरु अनभिज्ञ भएको उनीहरुको भनाई छ ।
हामी आवेदकहरु अयोग्य भयौ वा पुरस्कार बाड्न नसक्ने महासंघ शाखा सप्तरी नेतृत्व यसबारे वृहत छलफलको खाँचो रहेको उनीरुको मुंल्याकन रहेको छ । महासंघ पत्रकारहरुको साझा संस्था हो र यसको सम्मानका निम्तीसबैलाई सजग वस्नु पर्ने अहिलेको खाँचो रहेको उनीहरुको ठहर छ । महासंघको यस आवेदकहरूको क्षमता र योग्यतामाथि अनावश्यक प्रश्न मात्रै उठाईएको छैन, स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको नाममा स्थापित पुरस्कारको गरिमालाई समेत अवमुल्यन गरिएको उनीहरुको बुझाई छ ।
कुन नियम कानुन र मापदंडको आधारमा यस वर्ष पुरस्कार वितरण नगरिएको हो? यसबारे महासंघ शाखा नेतृत्वले सार्वजनिक अभिव्यक्ति जारी गर्नुपर्ने उनीहरुको माग छ । आवेदकहरुको फाइल अध्ययनका निम्ती शाखाका पूर्व अध्यक्ष र वरिष्ठ पत्रकारहरु सम्मिलित टोली बनाएर र पछिल्लो वर्षहरुको नजिरको आधारमा हाम्रो फाइल पनि अध्ययन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरी लाई आग्रह गरेका छन् ।
पत्रकारहरु सौरभ यादव, नानीमैया कटवाल, प्रिया सिंह थारु (पार्वती) र रामनाथ यादवले प्रेस विज्ञप्ती जारी गरेका हुन् ?