काठमाडौं, २८ पौष । पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पूर्वराजा शाहले सिंहदरबार अगाडिको शालिकमा माल्यार्पणको निर्णय लिए । पूर्व राजा आउने भएपछि उनका समर्थकहरु ठूलो संख्यामा पहिल्यै पुगिसकेका थिए ।
शिव सेना नेपालका नेता कार्यकर्ता पनि पुगिसकेका थिए । त्यहाँ निकै ठूलो भीड थियो । यत्तिकैमा पूर्वराजा शाह चढेको कार सिंहदरबार नजिकै पुग्यो ।
पूर्वराजाका समर्थकहरु नारावाजी गर्न थाले । शाहले भने आफ्ना सुरक्षागार्डहरुलाई भीडमा नजाने भने । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘मलाई भीडमा नलैजाऊ ।’
तर, सुरक्षागार्डहरुको केही लागेन । भीड पूर्वराजातर्फ अगाडि बढिहाल्यो । भीडलाई छिचोल्दै पूर्वराजाको कार बढ्यो । भीडले घेरेपछि उनी निस्किएका थिए । अगाडि बढेर माल्यार्पण गरे ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बनेको माहोलबारे पूर्वराजानिकटस्थहरुमा ठूलै चर्चा चलेको बुझिएको छ । यसबाट शाह पनि निकै प्रसन्न भएको विश्वस्त स्रोतले बताएको छ ।