काठमाडौ, २९ पुस । निम्बसले कर्पोरेट उत्कृष्टताको लागि कृषी उद्यम समुहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२१ प्राप्त गरेको छ । काठमाडौंमा हालै आयोजित विशेष समारोहका बीच आयोजित प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिीलेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो ।
अवार्ड जितेपछि कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गरेको निम्बसको भनाई छ । निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योग मार्फत कर्पाेरेट संस्कारको शुरुवात गरेको र यसको श्रेय हाम्रा गा्रहकहरु तथा लगनशील कर्मचारीहरु भएको बताएका छन् । साथै कृषि उद्यम मार्फत आफुलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको बताएका छन् । यो अवार्ड हामीले यस वर्ष मात्र नभई विगतको वर्षहरुमा गरिएको कडा परिश्रमको तयारीको परिणाम हो । आज हामी जहाँ छांै त्यो एकचोटी सम्भव भएको होइन । यो हामीले शुरुका अवस्थामा राखिएको दुरदृष्टि र लक्ष्य प्रतिको लगनशिलता तथा विगतका दिनहरुमा गरिएको तयारीको परिणाम हो ।
निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम ९एभििभत ाभभम० उत्पादन गर्ने उद्येश्य सहित प्रोबायोटेक ईन्डस्ट्रिजको स्थापना गरीे ब्यवसाय सुरुवात गरेको थियो । कम्पनीको पशु फिड ब्रान्ड “शक्ति” ले बिस्तारै देशभरी नै ब्यवसाय विस्तार गर्न थाल्यो र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुग्यो । हाल निम्बसमा चार वटा पशु आहाराको उद्योग,माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको भहउभििभच भटमासको मस्यौरा उद्योगबाट उत्पादित खाद्य पदार्थ “व्यन्जन”तथा “सुनौलो किरण” ब्रान्डमा उपलब्ध गराइरहेको छ ।