Logo

६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, २ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत एकैसाथ सञ्चालन भएको बैंकले जनाएको छ । सभाले बैंकको चुक्ता पुँजीको ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ ।

गत आसार मसान्तमा कायम चुक्ता पुँजीमा नौ अर्ब तीन करोड ४४ लाख २९ हजार ५ सय दुई रुपियाँ पचास पैसा मात्र) मा ५ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ५९ हजार छ सय ९६ रुपियाँ ३९ पैसा बराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनका लागि चुक्ता पुँजीको ० दशमलव ३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपियाँ ६५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ दशमलव ४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहरूको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्