काठमाडौँ, ४ माघ। नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन्।आज (मंगलबार) समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने बतायका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुन्छ। संविधानमा जे व्यवस्था छ। त्यसै अनुसार हुन्छ।’ संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले पनि वैशाखमै निर्वाचन गर्नुपर्ने बताउँदै आएकोमा सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।