काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरेका छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने-“प्रेम बानियाँ पत्रकार नै हुनुहुन्थ्यो होला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने, पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”
बानियाँले सन् २०२१ को डिसेम्बर ८ मा सिताराम कट्टेल (धुर्मुस) सँगको फोटोसहित धुर्मुसले आत्महत्या गर्यो भने के हुन्छ ? दुरूत्साहनको मुद्दा कसलाई लाग्छ ? भन्दै लामो स्टाटस लेखेका थिए । यही विषयमा थापाले बानियाँविरुद्ध कडा टिप्पणी गरेका हुन् ।