काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले सेवा कटौती गरेको छ । सर्वोच्चले भोलिदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको हो । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिने भएको छ ।
भोलिदेखि बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।