काठमाडौं, ५ माघ । महालक्ष्मी विकास बैंकले न्यानो कपडा वितरण गरेको छ । बैंकको पालुङ शाखाले सञ्चालन गरेको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको हो ।
बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिंह गोलेले बैंकलाई धन्यवाद दिए ।