एजेन्सी, ५ माघ । जर्मनी दुतावासले आगामी माघ ७ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई मात्र भिसा प्रक्रियामा सामेल गराउने भएको छ ।
दुतावासले जर्मनी र युरोपेली मुलुक जान चाहानेहरुले भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएको बाहेक अन्य खोपलाई मान्यता दिने जनाएको छ । दुतावासले कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएकाहरुलाई मात्र मान्यता दिने भएको हो ।
चिनियाँ सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाएकाहरुलाई भिसा नदिने भएको हो । यी खोप लागेकाहरुलाई भिसा आवेदन प्रक्रियामा नै सामेल नगराउने समेत दुतावासले स्पष्ट पारेको छ । नेपाल स्थित् जर्मनी दुतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सुचिबाट हटाएको छ ।