काठमाडौं, ६ माघ । शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसुचक आज ३३ दशमलव ३ अंकले बढेर २९ सय ३१ दशमलव ३४ विन्दु कायम भएको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९ प्रतिशतले बृद्धि भई ५४३ दशमलव ७४ विन्दु कायम भएको हो ।
साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा २२९ कम्पनीको कारोबार भएर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर खरिद विक्रि भएको छ ।