Logo

शिक्षामन्त्री पौडेल र डा.केसीबीच छलफल



काठमाडौं, ७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र चिकित्सक डा गोविन्द केसीबीच चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न छलफल भएको छ ।

मन्त्री पौडेल र डा.केसीबीच सिहंदरबारमा भएको भेटवार्तामा  चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ । मन्त्रालयलाई डा.केसीले महत्वपूर्ण सुझाव दिएका थिए ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि धेरै पटक केसी अनशन बसेका छन् । उनले आफुसँग विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्