Logo

राप्रपाले विधानबाट ‘हिन्दुराष्ट्र’ र ‘राजसंस्था’ हटाउला ?



काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनैपनि हालतमा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था नहटाउने भएको छ । आज पदाधिकारी बैठक बसी राप्रपाले निर्वाचन आयोगको पत्रको जवाफ समेत नदिई राजनीतिक र कानूनी उपचार खोज्ने निर्णय गरेको छ ।

राप्रपाले आयोगले राजनीतिक दबाबमा पत्र लेखेको निष्कर्ष निकालेको बुझिएको छ । उसले आयोगविरुद्ध अदालत जाने तयारी समेत गरेको छ ।
राप्रपाले झन्डामा गाई चिन्हको प्रयोगबारे समेत आयोगले लेखेको पत्रलाई पूर्वाग्रही भनेको छ । विगतमा पनि गाईको प्रयोग झन्डामा गर्दै आएको उल्लेख गरेको छ ।

हिन्दुराष्ट्र र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पत्र लेखी निर्वाचन आयोगले संविधानको प्रस्तावना एवं भावना विपति विधानमा यो वाक्यांश उल्लेख गरेको भन्दै हटाउन भनेको छ । आयोगले लेखेको पत्रलाई राप्रपाले उल्टै संविधानको मर्म र भावनाविपरित भनेको छ । २ माघमा आयोगले लेखेको पत्रले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरले चासोका साथ लिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्