काठमाडौं, ९ माघ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण थप २८ जनामा पुुष्टि भएको छ ।
आइतबार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, ४ जनामा डेल्टा भेरिएन्ट देखिएको छ ।