काठमाडौं, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले शाखा स्थान्तरण गरेको छ । बैंकले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकको माग तथा सुविधालाई मध्यनजर गरी दुलेगौडामा शाखा स्थानान्तरण गरेको हो ।
२०७८ साल माघ ०९ गतेको दिन यस बैंकका सञ्चालक चतुराखर अधिकारी देवकृष्ण काफ्ले तथा बलराम बरालज्यूबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा उद्घाटन गरेको हो ।
सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल तथा एसएमएस बैंकिङ जस्ता विभिन्न माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७० वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।