Logo

भाइरल फिबर आँफै ठीक भईहाल्छ : डा. ओममुर्ती अनिल



काठमाडौं, ११ माघ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलले भारइल फिबर आँफै ठीक हुने बताएका छन् । तर, भारइल फिबर आएको बेलामा आराम गर्नुपर्ने र प्रशस्त तातो झोल पदार्थ खानुपर्ने उनको सुझाव छ ।आफ्नै फेशबुक पेजमार्फत उनले यस्तो बताएका हुन् ।

उनले भारइल फिबर आएको बेला धुलोमा नजानसमेत सुझाव दिएका छन् । र, ज्वरो आएको बेलामा पारासिटामोलमात्रै खाने र अरु कुनैपनि औषधीको प्रयोग नगर्नु नै राम्रो हुने पनि उनको सुझाव छ । यस्तो बेलामा एन्टिबायोटिक प्रयोग गर्दा हानिकारक हुने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्