काठमाडौं, ११ माघ । विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको चर्को शुल्कको बारेमा जानकारी दिँदै संयुक्त विद्यार्थी संगठनले काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
संगठनले विद्यार्थी ठगी गर्ने नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजलाई तत्काल ठगी मुद्दामा कारवाही अगाडी बढाउन माग गर्दै मंगलबार प्रशासन प्रमुख गोविन्द प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको हो ।
नियम विपरित अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मुल्यमा नियम विपरित छात्रावासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारवाही अगाडी बढाउन संगठनले माग गरेको छ ।
Photo-Mukunda Kalikote