काठमाडौं, ११ माघ । शेयर बजार आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ५ दशमलव ५९ अंकले घटेर २८ सय १८ दशमलव ०६ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयरबजार मापक सैन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ०९ अंकले घटेर ५२४ दशमलव ९४ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर खरिद विक्रि भएको हो ।