Logo

समन्वय समितिको संयोजक प्रचण्डलाई दिन आनाकानी, यसकारण देउवाले पौडेललाई च्यापे



काठमाडौं, १२ माघ । सत्तागठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रुपमा गठन गरेको समन्वय समितिको संयोजक तत्काल नफेरिने भएको छ । गठन भएको बेलामा नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइृ यसको संयोजकको रुपमा जिम्मेवारी दिईएको थियो ।

त्यतिवेला समन्वय समितिको संयोजक प्रत्येक दुई/दुई महिनामा फेरिने सहमति भएको थियो । समन्वय समिति गत कार्तिक २२ गते गठन भएको थियो ।

सत्तागठबन्धनको बैठक बसेर त्यतिवेला पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति बनाईएको थियो । समन्वय समितिमा पाँच दलका २/२ जना प्रतिनिधि रहेको र सरकारको तर्फबाट प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की छन् ।

समन्वय समितिको संयोजकको रुपमा रामचन्द्रले काम गरेको दुई महिनाभन्दा बढि भैसकेको छ। तर, अहिलेसम्म समितिको नेतृत्व फेरिएको छैन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको मुख्य हात रहेको बुझिएको छ । आफ्नो पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनको लागि पनि उनले पौडेललाई नै उक्त जिम्मेवारीमा राखेका छन् ।

सहमतिअनुसार अब समितिको संयोजक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुपर्ने थियो । तर, अहिलेसम्म प्रचण्डलाई संयोजक बनाउने सवालमा प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छैनन् । file photo

 



प्रतिक्रिया दिनुहोस्