Logo

सोनाम जित्दा अन्तर्घात र आर्थिक चलखेलको चर्चा



काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेबाट अल्पंख्यकतर्फबाट जित्ने एकमात्र सांसद हुन् सोनाम ग्याल्जेन शेर्पा । पर्यटन व्यवसायी समेत रहेका शेर्पा एमालेभित्रका धनाढ्य नेतामध्येका हुन् ।

शेर्पा विगतमा एमाले फुट्दा नेकपा मालेमा लागेका थिए । बामदेव गौतमसँग उनको निकटता अझै रहेको बुझिएको छ । शेर्पालाई सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादी पार्टीको समेत मत प्राप्त भएको बुझिएको छ ।

नेकपा एसको मत समेत तान्न सकेका सोनामले आर्थिक चलखेल समेत गरेको चर्चा छ । यसमा एमालेका केही प्रभावशाली नेताहरुले समेत भूमिका खेलेको विश्वस्त स्रोतले बताएको छ ।

एमालेका सबै उम्मेदवार हार्दा सोनाम जितेकोमा गम्भीर समिक्षाहरु हुन थालेको छ । पूर्वमाले हुनुको फाइदा सोनामले लिन सके ।

प्रदेश १ मा सुमित्रा भण्डारी र गुरु बराल आफ्नैबाट अन्र्घात हुँदा पराजित भए । तर, सोनामले आफ्नो मत मात्र सुरक्षित गरेनन् अर्को दलको समेत मत तान्न सके । सोनामले सम्भावित क्रस हुने एमालेभित्रको मत समेत सुरक्षा गरेको बुझिएको छ । उनले नेकपा एस र जनता समाजवादी पार्टीको केही मत समेत तानेको बुझिएको छ ।

१२ माघमा १९ सिटका लागि भएको राष्ट्रियसभाको मतदानमा १८ सिट गठबन्धनले जितेको छ । गठबन्धनको काँग्रेस, माओवादी, नेकपा एस, राजमोले पाएको सिट कुनै गुमाएनन् । तर, जसपाले एक सिट गुमाउन पुग्यो ।



प्रतिक्रिया दिनुहोस्