Logo

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि महानगरपालिकाको नियमित सेवा बन्द



काठमाडौं, १३ माघ । कोरोना भाइरसको बढ्दो संक्रमणदरका कारण पोखरा महानगरपालिकाले दिँदै आएको  अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि बन्द हुने भएका छन् ।

केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि आगामी माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले एक सुचना जारी गर्दै केही कर्मचारी सङ्क्रमित भएको र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकोका कारण थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गर्न परेको जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्