काठमाडौं, १३ माघ । काठमाडौंको कीर्तिपुरमा बिहीबार बिहान एक पुरुषको शव फेला परेको छ । कीर्तिपुर नगरपालिकाको भवनमा नगरपालिकामा काम गर्दै आएका एक पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर नगरपालिका–१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका शंकर खत्री मृत अवस्थामा फेला परेका हुन् ।
सोही भवनमा बस्दै आएका खत्रीको शव अहिलेसम्म आफन्त नआएको हुनाले उठाइएको छैन् । उनको मृत्युको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।