काठमाडौं, १३ माघ । युथ कांग्रेस नेपालले स्थानीय तहको निर्वाचन सार्न नहुने जनाएकोे छ । स्थानीय तहको निर्वाचन सार्न नहुने भन्दै युथ कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने युवाहरूको संगठन नेपालले लोकतन्त्रको सबैभन्दा महत्वपुर्ण अभ्यास आवधिक निर्वाचन भएको भन्दै निवार्चन नगराउने कुरा कुनै पनि हालतमा युथ कांग्रेसलाई मान्य नहुने चेतावनी दिएको छ ।
कनै पनि हालतमा स्थानीय तहलाई रिक्त बनाएर निर्वाचन सार्ने नहुने युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सिनाले बताएका छन् ।