Logo

कांग्रेसले बोलायो जुम बैठक, गठबन्धन तोड्नेबारे शेखर कोइराला समूहको प्रस्ताव आउनसक्ने



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसले निर्वाचनबारे महत्वपूर्ण निर्णय लिने भन्दै भोलि (शुक्रबार) को लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि निर्वाचन आयोगले सरकारलाई ताकेता गरिरहेको अवस्थामा कांग्रेसले भर्चुअल माध्यमबाट बैठक बोलाएको हो ।

पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पर धकेल्नेगरि छलफल चलिरहेको र कांग्रेसमा भने त्यस्तो कदम नचाल्न प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिईरहेका छन् । प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा गठबन्धन आगामी निर्वाचनसम्म लैजान चाहन्छन् ।

तर, सभापतिमा देउवासँग पराजित भएका डा. शेखर कोइराला समूहले भने अब पाँच दलीय गठबन्धनमाथि नै प्रश्न उठाउन थालेको छ । उक्त समूहले बैशाखमा नै स्थानीय तहको निर्वाचन गर्नेगरि मिति तोक्न प्रधानमन्त्री देउवालाई दबाब दिईरहेको छ । भोलिको बैठकमा यो समूहले पाँच दलीय गठबन्धन तोड्नुपर्नेबारे प्रस्ताव लैजानेपनि चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्