काठमाडौं, माघ १४ । पछिल्लो १० वर्षको अवधिमा विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढेको पाइएको छ। २०६८ देखि २०७८ सम्म विदेशमा बस्ने महिलाको संख्या १ लाख ६८ हजार ७ सय तीनले वृद्धि हुँदा पुरुषको भने ७९ हजार २ सय ८६ ले मात्रै बढेको छ।
केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।
त्यस्तै १० वर्षअघि विदेशमा बस्ने पुरुषको संख्या १६ लाख ८४ हजार २९ थियो भने त्यो संख्यामा सामान्य वृद्धि भएर हाल १७ लाख ६३ हजार ३ सय १५ पुगेको छ। हाल महिला र पुरुष मिलाएर २१ लख ६९ हजार ४ सय ७८ जनसंख्या स्वदेशमा अनुपस्थित रहेको विभागले जनाएको छ। नागरिक दैनिकबाट