Logo

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक



काठमाडौं, माघ १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज दोस्रोपटक न्याय सेवा आयोगको बैठक डाकेका छन् ।

यसअघि नेपाल बार एसोसियसनको जारी आन्दोलनका बीच गत ६ पुसमा बैठक डाकेका राणाले आज बस्नेगरिद दोस्रो बैठक डाकेका छन् । यसअघिको बैठक बस्दैनबसी स्थगित भएको थियो ।

बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । यसअघिको बैठक लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेका कारण स्थगित गरिएको थियो ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्