Logo

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी



काठमाडौं, १४ माघ । नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर तालाबन्दी गरेको नेविसंघ नेता दिपक ओझाले बताएका छन् ।

आर्थिक अभावका कारण विद्यार्थीहरुमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरुको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृति प्रदान गर्न ने.वि.संघ र त्रि वि बीच भएको सहमति कार्यान्यवन नभएको आरोप नेविसंघले लगाएको छ ।

नेविसंघ र त्रिविबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने विद्यार्थीहरुले माग राखेका छन् । नेविसंघले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शूल्कमा एकरुपता ल्याउन माग गरेको छ ।

केही क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता ओझाले जानकारी दिए । विद्यार्थीहरुको जायज माग सम्बोधन गर्न २४ घण्टाको समय दिँदै उक्त समयमा कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

व्यस्थापन संकाय अन्तर्गतको बि. बि. ए, बि. आईएम, बि. बि. एम, बि. बि. ए. फाइनान्स, बि. टि. टि. एम, बि एच एम, एम बि एम, एमबिए लगायताका कोर्स पढाउने क्याम्पसहरुले विद्यार्थीहरुबाट शतप्रतिशत छात्रवृति नाममा २ लाख देखि ५ लाख सम्म उठाउने गरेको पाइएकोमा ति क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारबाही गनृ समेत माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्