काठमाडौं, १४ माघ । बढ्दै गइरहेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौं उपत्यकामा जारी जोरविजोर प्रणाली थप व्यवस्थित गर्न आज छलफल हुने भएको छ ।
माघ ७ गतेदेखि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्न शुक्रबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको हो ।
बैठकमा संक्रमण बढ्दै गएकाले यसको समग्र विषयमा छलफल हुने बताइएको छ । तर बैठकको समय भने तोकिएको छैन् ।