काठमाडौं, १४ माघ । सरकारले यातायातमा जोर-बिजोर हटाउने निर्णय लिने भएको छ । यसका लागि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको छ । तर, जोर निजी र ट्याक्सीमा भने जोर बिजोर प्रणाली कायमै रहने जनाइएको छ ।
सीसीएमसीसीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई जोर-बिजोरबारे आफै निर्णय गर्न भनेको छ । योसँगै काठमाडौं उपत्यकालगायत देशभर यातायात सञ्चालनमा लागू गरिएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।
निजी सवारीलाई भने अझै केही समय जोर-बिजोर चलाउन आदेश जारीको तयारी समेत भएको छ । जोर-बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउने सिफारिश भएको हो ।