काठमाडौं, १७ माघ ।नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीविरुद्ध गठबन्धन किन गरिएको हो ? भन्नेबारे कारण खुलाएका छन् । उनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्न, र चालु र अनुत्पादक खर्च बढाउन एमालेविरुद्ध गठबन्धन गरिएको र आवद्यिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन पनि आफ्नो पार्टीविरुद्ध गठबन्धन गरिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले यस्तो लेखेका हुन् । उनले लेखेका छन्-“एमाले बिरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।”