काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको आयोगले जनाएको छ ।
आयोगले दुर्गम क्षेत्रमा काम गरेको अनुभवको लागि पेश गरेका कागजात लगायतका अन्य झुटो विवरण पेश गरीी परीक्षामा समावेश भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा योग्यता सुचीमा परेको भएतापनि वा भर्ना भई अवस्थामा रहेपनि भर्ना समेत रद्द गर्न सक्ने जनाएको छ ।
प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने पनि व्यवस्था मिलाउएको उल्लेख गरिएको छ ।