काठमाडौं, १७ माघ । चर्चित ¥यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका लाउरेलाई कास्की जिल्ला अदालतले थप केही दिन राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतले आइतबार थप ११ दिनको म्याद थप गरेको हो । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो । उनलाई म्याद थप गरेको यो तेस्रो पटक हो ।