काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
आज मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो।
भेटमा प्रतिनिधिमण्डलको टोलीले चालु आर्थिक वर्ष २०७८/०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग छलफल गरेको हो ।
उनीहरुको आज नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेट्न योजना रहेको छ ।