Logo

आज हाइड्रोइलेक्ट्रिसिटिसहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १७ माघ । सोमबार नेप्से दोहोरो अंकले घट्दा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको कारोबार भएको हो । कम्पनीको आज ५७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी, आज अपर तामाकोशीको शेयर मुल्य ७४० रुपैयाँ कायम भई ३१ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ३१ करोड १८ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्