काठमाडौं, १७ माघ । नेपाल विद्यार्थी संघले महाधिवेशन सुनिश्चित गर्न माग गरेको छ । महाधिवेशन सुनिश्चित गर्न माग गर्दै काठमाडौं उपत्यकाभित्रका क्याम्पसका नेविसंघ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका नेविसंघले महाधिवेशन तत्काल हुनुपर्ने माग राखेका छन् ।
उनीहरूले कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पुर्व अध्यक्ष नैनसिंह महरलाई महाधिवेशन सुनिश्चित गर्ने वातावरणका लागि पहल गरिदिन माग गर्दै पत्र बुझाएका छन् ।
कांग्रेसको भातृसस्थाहरु महिला संघ, नेविसंघ तरुणदल लगायतको महाधिवेशन हुन सकेको छैन।