Logo

आस्थाका मूर्ति खुला आकाशमुनि



दैलेख, माघ १७। संरक्षणको अभावले दैलेखको पादुका मन्दिरका मूर्ति जीर्ण बन्दै गएका छन् । संघ र प्रदेश र स्थानीय सरकार मूर्ति संरक्षणमा चासो नदिँदा मूर्ति वर्षौंदेखि खुला आकाशमुनि छन् । र प्रदेश सरकारले दुल्लुनगर पालिकामा–९ मा पर्ने पादुकास्थान दैलेख पञ्चकोशी तीर्थस्थलमध्ये अन्तिम तीर्थस्थल हो ।

कुनैबेला १६० वटा मन्दिर रहेको पादुकामा एउटा पनि मन्दिर छैन । बाँकी रहेका मन्दिर जीर्ण छन् । झारपात उम्रिएर जीर्ण मन्दिर खरमेलाजस्ता देखिन्छ । त्यो क्षेत्रमा कालिका मन्दिर नयाँ निर्माण गरिएको छ भने, धुनीघरलाई मर्मत गरिएको छ, जहाँ मन्दिरमा आएका धर्मालम्बी र मन्दिरका पुजारी बस्ने गर्छन् ।

मन्दिर नहुँदा पादुका स्थानका विभिन्न ढुंगा मूर्ति छरपस्ट खुला आकाशमुनि छन् । छरिएर राखिएका अधिकांश मूर्ति भाँचिएका छन् । बाँकी रहेका मूर्तिमा लेउ, झ्याउसमेत लागेर केको मूर्ति हो भनेर आंकलन गर्न सकिने अवस्था छैन ।

खुला आकाशमुनि छरपस्ट मूर्ति हुँदा पादुकास्थानबाट अहिलेसम्म सातवटा मूर्ति चोरी सकेका छन् । चोरिएका मूर्ति अहिलेसम्म फेला परेका छैनन् । २०७६ मंसिरमा अष्टधातुको गणेशको मूर्ति चोरिएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्